मन्त्रिपरिषदको बैठक

काठमाडौ,१५  बैशाख मुलुकको पछिल्लो सुरक्षा अवस्था र मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न शुक्रबार मन्त्रिपरिषदको बैठक बस्दैछ ।
 
अहिले केही समयपछि सिंहदरबारमा बस्ने बैठकमा बिभिन्न मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
 
पछिल्लो केही दिन यता बस्न नसकेको मन्त्रिपरिषद बैठक आज बस्न लागेको हो ।त्यसै गरेर नयाँ संविधानसभा जारी गर्ने समय नजिकिदै गरेको र बिभिन्न जातीय संघ संगठनहरुले बिविध माग राखेर बन्द, हड्ताल, घेराउ लगायतका कार्यक्रम गर्न लागेपछि सरकारले त्यस बिषयमा समेत छलफल गर्ने जनाईएको छ ।