चुत्राबेसीको भक्तिटोलामा बृद्धाश्रम तथा स्फटिक शिबिलंगको बैदिक बिधि पुर्बक उद्घाटन

– प्रेमनारायण आचार्य

अर्घाखाँची १६ बैसाख । अर्घाखाँचीको सन्धिखर्क ७ चुत्राबेसी भक्तिटोलामा निर्माण भएको सिद्धेश्वर आनन्द बृद्धाश्रमको आज एक कार्यक्रमका बिच स्थानीय बिकास मन्त्री टोपबहादुर रायमाझिले पानसमा बत्ती बालेर र ब्यानर अनाबरण गरेर उद्घाटन गर्नुभएको छ ।




बिभिन्न ब्यक्तिको चन्दा सहयोग बाट एक करोड ३८ लाख दुई सय ६४ रुपैयाको लागतमा १८ कोठामा एट्याच शौचालय बाथरुम सहितको बृद्धाश्रम निर्माण भएको हो ।

बृद्धाश्रम निर्माण गर्न सन्धिखर्क ९ चुत्राबेसी निबासी युबा नारायण खनालले एक करोड ३ रुपिया प्रदान गर्नु भएको थियो । उहाकै सकि्रयतामा बृद्धाश्रम निर्माण भएको हो ।




त्यस्तै बृद्धाश्रम संगै निर्माण भएको सिद्धेश्वर शिबालय मन्दिरको उद्घाटन तथा मन्दिरमा स्फटिक शिब िलंग र शिब परिबारका मुर्तीको प्राण प्रतीष्ठा हहिर सन्यास आश्रम देबघाटका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वतीले गर्नु भएको छ ।

बैदिक बिधिपुर्बक पंचेबाजा र नेपाली सेनाको बेन बाजा सहितको सलामी स्फटिक शिब िलंग र शिब परिबारका मुर्तीमा अपर्ण गरेपछि १००८ स्वामी ज्ञानानन्द सरस्वतीले प्राण प्रतीष्ठा गर्नु भएको हो ।

सिद्धेश्वर शिबालय मन्दिर तथा सिद्धेश्वर आनन्द बृद्धाश्रममा शिब िलंग तथा मुर्ती प्राण प्रतीष्ठा तथा उद्घाटन कार्यक्रमका लागि बैदिक बिधिपुर्बकको पुजा पाँच दिन देखि जारी रहेको थियो ।
 



११ गते पुर्बांग पुजा १२ गते जलाधिबास पुजा १३ गते दुग्धादिबास पुजा १४ गते फालाधिबास पुजा १५ गते शैयाधिबास पुजा समपन्न भए पछि आज शिबिलंगको प्राण प्रतीष्ठा गरिएको हो ।

आज श्रद्धालु भक्तजनहरुको घुईचो लागेको थियो । हहिर सन्यास आश्रम देबघाटका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वतीको स्वागतमा आज कलस यात्रा सहितको र्यालीले चुत्राबेसी तथा सन्धिखर्क बजारका बिभिन्न भागको परिक्रमा गरेको थियो ।
 

अन्य तस्बिरहरु:


 

प्रकाशित मिति: २०६९ वैशाख १६

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.