भारतीय जनता पार्टी भाजपाका पूर्वअध्यक्षलाई भ्रष्टाचारी ठहर गर्दै चार वर्षको जेल सजाय

भारतको केन्द्रीय अन्वेषण ब्युरो सिबिआईको विशेष अदालतले भारतीय जनता पार्टी भाजपाका पूर्वअध्यक्ष बङ्गारु लक्ष्मणलाई भ्रष्टाचारी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ ।

 

अदालतले उनलाई एक लाख भारु जरिबाना समेत गरेको छ । हतियारखरिदसम्बन्धमा तहल्काले सञ्चालन गरेको स्टिङ अपरेसनमा लक्ष्मण एक लाख भारु घुस लिँदै गर्दा पक्राउ परेका थिए । भिडियोमा लक्ष्मणले आफ्नो कार्यालयमा घुस लिँदै गरकेो दृश्य कैद थियो । दोषी ठहर भएपछि लक्ष्मणलाई दिल्लीस्थित तिहाड जेल चलान गरिएको छ । यसअघि बंगारु लक्ष्मण पक्षले स्वास्थ्यलाई ध्यान दिँदै कम सजायका लागि अपिल थियो । दुई पटक बाइपास शल्यक्रिया गरिएका लक्ष्मण मधुमेहका रोगी हुन् ।

 

भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धनले सरकार चलाएको बेला तहल्काले घुस काण्डको भिडियो सार्वजनिक गरेपछि भारतीय राजनीतिमा ठूलो हलचल उत्पन्न भएको थियो । सोही घटनाका कारण लक्ष्मणले पार्टी अध्यक्षबाट राजिनामा दिएका थिए । त्यसको दुई दिनपछि तत्कालिन रक्षामन्त्री जर्ज फर्नान्डिज तथा समता पार्टीका अध्यक्ष जया जेटलीले राजिनमा दिएका थिए ।