अखण्ड सुदूरपश्चिमको माग गर्दै सुदूपश्चिमवासीले लगातार तेस्रो दिन आज पनि सुदुर पश्चिम बन्द गरेका छन् ।
अखण्ड सुदूरपश्चिमको पक्षमा रहेका उनीहरुले एकीकृत माओवादीले जातीयसहित १० प्रदेश बनाउन प्रस्ताव गरेको विरोधमा दोस्रो दिन पनि बन्द गरेका हुन् ।
ठूलो पार्टीले नै सुदूरपश्चिमलाई टुत्र्mयाउन खोजेको भन्दै विद्यार्थी संगठनहरुको अगुवाइमा बन्द गरिएको छ । बन्दले कैलाली र कञ्चनपुरमा यातायात, शैक्षिक संस्था र कलकारखाना ठप्प भएको छ ।
०६२/०६३को आन्दोलनमा कहिंकतै जातीय राज्यको माग नउठेको भन्दै उनीहरुले देशमा द्वन्द बढाउने विदेशी तत्वको षड्यन्त्रमा दलहरु फस्दै गएको आरोप समेत लगाए ।