कानुनी शासन संकटकालीन न्यायसंकट व्यवस्थापना र मेलमेलाप सम्बन्धि तालिम सन्धिर्खकमा शुरु

– प्रेमनारायण आचार्य


   अर्घाखाँची १७ बैसाख । स्थानीय शान्ति समिती अर्घाखाँचीको आयोजनामा आज देखी कानुनी शासन संकटकालीन न्यायसंकट व्यवस्थापना र मेलमेलाप सम्बन्धि दुई दिने तालिम आज देखी सन्धिर्खकमा शुरु  भएको छ । 


   गाविस स्त्तरिय शान्ति समितीका पधाधिकारी र स्थानीय शान्ति समिती अर्घाखाँचीका पधाधिकारी गरि करिव २ सयको सहभागिता रहेको छ । 


   कार्यक्रममा बोल्ने बत्ताहरुले युद्धका घाउलाई विसर्ीएर नया नेपाल निर्माणमा लाग्न सबैलाई आग्रह गदै फाटेको मनलाई सिलाउन आग्रह गरेका थिए । 


  यसरी मन्तव्य राख्नेहरुमा स्थानीय विकास अधिकारी पुर् य विक्रम पौडेलनिमित्त प्रमुख जिल्ला अधिकारी भेषराज खनालप्रहरी नायव उपरिक्षक अरुण पौडेलएकिकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का उज्जवलनेकपा एमालेका जिल्ला अध्यक्षँ रामजि प्रसाद घिमिरे राजमोका जिल्ला सदस्य गोविन्द वि सी हुनुहुन्थ्यो । 

 

   स्थानीय शान्ति समितीका संयोजक विष्णु मुस्कान खनालको अध्यक्षता जिल्ला सदस्य सागर के.सीको स्वागत मन्तव्य र खिम प्रसाद मरासीनीको सचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम भोली सकिने जनाईएको छ ।

 

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.