संविधान निर्माणका विवादित विषयमा सहमति नजुटेपछि संविधानसभाको बैठक स्थगित

काठमाडौं – संविधान निर्माणका विवादित विषयमा सहमति नजुटेपछि आज (आइतबार) बस्ने भनिएको संविधानसभाको बैठक स्थगित भएको छ । संविधानसभा भवनमा टाँसिएको सूचनामा आगामी वैशाख १९ गते मंगलबार बैठक बस्ने जनाइको छ । यसअघि पनि दुई पटकसम्म सूचना टाँस गरी बैठक स्थगित गरिएको थियो । संघीयता र शासकीय स्वरुपमा दलहरुबीच सहमति हुन सकेको छैन ।

सहमति जुटाउने प्रयासमा मधेसी मोर्चासहित प्रमुख तीन दल आज पनि बैठकमा व्यस्त रहेको स्रोतले बतएको छ । यसै गरी कार्य व्यवस्था परामर्श समितिको बैठक पनि जारी रहेको छ । – कान्तिपुर