कोलोम्बियामा विद्रोही समूह फार्कको आक्रमणमा १५ सैनिक मारिएका छन् ।
कोलम्बियाको दक्षिणी केक्वेटा प्रान्तमा रहेको कोकीन प्रयोगशाला नष्ट गर्न गएको सैनिक टोलीमाथि फार्क बिद्रोहीले आक्रमण गरेका हुन् ।
शान्ति वार्ताका लागि आफुहरुले गरेको आग्रहलाई सरकारले वेवास्ता गरेकाले आक्रमण गर्नुपरेको फार्कले जनाएको छ । आफूहरुसँग वार्ता नगरे आगामी दिनमा अझ ठूला आक्रमण गर्ने चेतावनी पनि फार्कले दिएको छ ।
कोलोम्बियामा छुट्टै राज्यको माग गर्दै बिद्रोही समूह फार्कले हिंसात्मक गतिविधि गर्दै आएको छ ।