अर्घाखाँची सेवा समाज कतारद्धारा बिमला पुनको उपचारका लागि आर्थिक सहयोग


निर्मला रायमाझीले घाईते बालिकाका बावु चन्द्र बहादुर पुनलाई अर्घाखाँची सेवा समाज कतारको पहलमा उठेको सहयोग रकम हस्तान्तरण गर्दै ।

 

– प्रेमनारायण आचार्य


सन्धिखर्क, अर्घाखाँची – गत केहिदिन पहिले प्युठान कि ६ वर्षिय बालिका बिमला पुन घर नजिकै रहेको डरलाग्दो भिरबाट लडेर गम्भिर घाईते भएकी बालिकालाई अर्घाखाँची सेवा समाज कतारले  बिस हजार दुई सय सत्तरी रुपैया आर्थिक सहयोग गरेको छ।


गरीव परीवारमा जन्मेकि बिमला घर आर्थिक अवश्था अत्यन्तै नाजुक रहेको कारण उपचारगराउन कठिनाई परेको थियो।
घर नजिकै दोजरले मोटोरबाटो खन्दै गरेको हेर्नसाथिहरु सँग दौडिदै जादा भिरबाट लडेरटाउकोमा गम्भिर चोट लागेको थियो।

 

अहिले बिमलालाई ठिक हुदै गएको र अब उनलाई आर्थिक सहयोग पुगेको उनका बाबु चन्द्र बहादुर पुनले बताए।

 

अर्घाखाँची डट्कममा समाचार प्रकासित भएलगतै देश- विदेशबाट प्राप्त सहयोगले उनको उपचार हुन सम्भव भएको हो।

 





तस्बिरमा: अर्घाखाँचीको बागी स्थित शान्ति उच्च मावि वाँगीको स्वर्ण महोत्वस नाच्दै स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी ।

 


 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु