कांग्रेस नेता अर्जुन नरसिंह केसीका अनुसार संविधानसभाको मतदान प्रक्रियामै गएर समस्याको निकास खोज्ने सम्भावना बढेको छ । उनले भने, ‘बैठकमा कुनै सकारात्मक निर्णय भएनन् बरु दलहरुबीच अविश्वास बढेको अनुभूति भयो ।’ मंगलबार बस्ने संविधानसभाको बैठकमा विवादित विषयले प्रवेश पाउने सम्भावना बढेको उनले बताए । सहमति र संवैधानिक प्रक्रिया एकै साथ अगाडि बढ्नसक्ने उनको ठम्याइ थियो ।
विवादित विषयलाई सामान्य बहुमतबाट निकास दिए पनि अन्तरिम संविधान २०६३ का अनुसार संविधान जारी गर्न दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले सहमति र मतदानको प्रक्रिया एकैसाथ बढाउने प्रयासमा दलहरु पुगेका हुन् ।