अष्ट्रेलियन धनाढ्य क्लिभ पाल्मरले टाईटेनिक जहाजको दोस्रो संस्करण बनाउने भएका छन् । आजभन्दा सय वर्ष अगाडि डुबेको टाईटेनिक पानि जहाज त्यतिवेलाको सबैभन्दा विशाल र सुविधासम्पन्न पानिजहाज थियो ।
इंग्लण्डको साथह्याम्पटनबाट अमेरीकाको न्ययोर्कको लागि हिडेको टाईटेनीक पानिजहाज वरफमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा १५ सय भन्दा धेरै यात्रु मारीएका थिए ।
त्यही दुखदायी घटनाको सम्झनामा अष्ट्रेलियाका अर्बपति पाल्मरले टाइटेनिक टु बनाउने घोषणा गरेका हुन् । पाल्मरका अनुसार अर्को वर्षबाट निर्माण सुरु हुने टाईटेनिक टु जहाजले सन् २०१६ मा लण्डनबाट व्यवसायीक यात्रा सुरु गर्नेछ ।
जहाज निर्माणको लागि पाल्मरले चिनिया कम्पनी सि.एस.सी. जिन्लीङ सिपयार्डसँग सम्झौता समेत गरिसकेका छन् । सय वर्ष अगाडी डुबेको टाईटेनिककै डिजाईनमा बनाईने टाईटेनिक टुमा आधुनिक सुविधा र सुरक्षा प्रणाली थपिनेछ ।