मलेशियामा मजदुरहरुले हड्ताल नरोकेपछि सरकारले न्युनतम पारिश्रमिक निर्धारण

मलेशियामा मजदुरहरुले हड्ताल नरोकेपछि सरकारले न्युनतम पारिश्रमिक तोकेको छ ।

 

निम्न वर्गीय परिवारलाई राहत दिने उद्देश्यले न्यूनतम पारिश्रमिक निर्धारण गरिएको हो ।

 

सरकारले मलेशियाका निजी कम्पनीमा काम गर्ने मजदुरका लागि एक महिनामा १ सय ८३ पाउन्ड न्यूनतम परिश्रमिक दिने निर्णय गरेको जनाएको छ ।

 

मलेशिया दक्षिण पूर्वी एसियाको तेस्रो ठूलो अर्थब्यबस्था भएको मुलुक हो ।