बर्माकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीद्धारा संसद सदस्यको शपथ

आङसाङ सुकीद्धारा सपथ


बर्माकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीले संसद सदस्यको शपथ लिएकी छन् ।

 

यसअघि शपथको भाषामा आपत्ति जनाउँदै संसद बैठकअघि हुने शपथ बहिष्कार गरेकोमा जनताको भलाईका लागि शपथ लिएको बताएका छन् ।

 

शपथको भाषामा आपत्ति जनाउँदै सूचीसहित उनको नेशनल लीग फर डेमोक्रेसी एनएलडीका ४३ सांसदले शपथको भाषामा संविधानको रक्षा भन्ने शब्दको सट्टा संविधानको आदर हुनुपर्ने अडानमा रहेकोमा बर्मा सरकार शब्द परिवर्तन नगर्ने जनाएको थियो । बर्माको संविधान सैन्य शासकहरुले बनाएका हुन् जुन सन् २००८ मा लागू गरिएको हो ।

 

करीब ५० बर्षसम्म सैन्य शासकको अधिनमा रहेको बर्मामा गत बर्ष नागरिक सरकारले सत्ता सम्हालेको थियो ।