सरकारले जनकपुर धर्नामा भएको विस्फोटमा मारिएका चार जनालाई शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले जनकपुर धर्नामा बस्दा बम विस्फोटमा परी ज्यान गुमाएका रन्जु झासहित चारजनालाई शहीद घोषणा गरेको हो ।
बैठकले शहीद परिवारलाई दश लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषदले विस्फोटमा परी घाईते भएकाको सबै उपचार खर्च ब्यहोर्ने निर्णय गरेको छ ।
बैठकमा दलहरुवीच भएको सहमति अनुसार सरकार विघटन गर्ने बारेमा कुनै छलफल नभएको मन्त्रीहरुले बताएका छन् ।
बैठकले नेपाली सेनामा दुई रथीको पद थप्नुका साथै सशस्त्र प्रहरीमा कृष्णबहादुर तामाङलाई डिआईजीबाट एआईजीमा बढुवा गरिएको छ ।