अर्घाखाँचीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, बाबुराम शान्ति र संविधानका नायक भएको स्थानीय मन्त्री टोपबहादुर रायमाझीको दावी


 

– वीरेन्द्र केसी


सन्धिखर्क, अर्घाखाँची – स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले शान्ति र संविधान निर्माणका काम पुरा गर्नमा ईतिहासकै सफल सरकार भएकाले प्रधानमन्त्री बाबुराम भट्टराई शान्ति र संविधानका नायक नेता भएको दावी गरेका छन । विभिन्न खाले भद्रगोलको अवस्थामा शान्ति र संविधानको ऐतिहासिक कामलाई पुरा गर्न अन्तिम चरणमा पुगेकाले यो सरकार सफल रहेको दावी गरे ।

 


 

अर्घाखाँची खेलकुद विकास समितिले सन्धिखर्कको टुडिखेलमा शुरु गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उदघाटन गर्दै बाबुरामका अति निकटस्थ मन्त्री रायमाझीले सरकारको नीति शान्ति र संविधान पुरा गर्ने मिसनमा लागेकाले प्रमुख दलका नेताहरुको सहयोग र बाबुरामको कुशल कार्यशैलीले देशमा संविधान जारी गर्न संभव भएको बताए । माओवादी स्थायी समिति समेत रहेका रायमाझीले सहमतीको सरकार पनि बाबुरामकै नेतृत्वमा बन्ने भएकाले जनतालाई थप हौसला मिलेको भन्दै सबै दलको साझा सहमती र सहकार्यमा जेठ १४ भित्रै संविधान घोषणा हुने बताए ।

 


 

अर्घाखाँची क्षेत्र नं.१ बाट संविधानसभाको चुनाव जितेपछि महिनामा दुई तीन पटकसम्म जिल्लामा आईरहेका मन्त्री रायमाझी विहीबार राजधानीमा सरकार फेरिने खबरले गंभिर मुद्रामा सम्बोधन गर्दै भने  देशको ऐतिहासिक क्षणमा म आफनो जिल्लामा रहँदा गौरव लागेको छ उति राजधानी फर्कन हतार भएको छ  । जेठ १४ आईसक्यो संविधान जारी गर्न दलहरु निर्णायक मोडको उत्कर्षमा पुग्दा विरोध हुन्छ त्यसैबाटै राष्टलाई निकास दिने सहमती भएको छ यो गौरवको कुरा हो उनले भने दलहरुबीच विरोधै विरोधबाट सहमतीमा निकास निष्कने गरेकाले संविधान पनि सहमतीमै घोषणा हुन्छ । उनले बाबुरामको शान्ति र संविधानका लागि महत्वपुर्ण कार्य भन्दै धेरै ब्याख्या गर्दै प्रशंसा गरे ।

 



प्राय घण्टौसम्म भाषण गर्ने रायमाझी यस पटक भावुक मुद्रामा १५ मिनेटमा पटक पटक घडी हेर्दै हतास्एिका थिए । जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी नेपाली सेना र प्रहरीले सलामी दिदा मचमा सहभागी अथितिले अन्तिम सलामी भन्दै हाँसो उठेपछि रायमाझी झनै गंभिर मुद्रामा देखिएका थिए ।


उदघाटन समितिका अध्यक्ष सरोज भटराईको अध्यक्ष गणेश खनालको सचालन र प्रकाश बस्नेतको स्वागतमा सम्पन्न कार्यक्रममा माओवादीका केन्द्रिय सल्लाहकार राजु नेपाली जिल्ला ईन्चार्ज चन्द्रबहादुर खडका नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल एमालेका अध्यक्ष रामजी प्रसाद घिमिरे राष्टिय जनमोर्चाका झविलाल थापा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ चन्दनाथ गणका गणपति रामकाजी राना प्रनाउ अरुण पौडेल लगायतका राजनीतिक दलका नेता सचारकर्मी उद्योगी विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । खेलकुदको लागि चन्दनाथ गणका नेपाली सेना र प्रहरीले सरसफाई गरेका थिए ।

 

 


 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.