अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिलाई विश्वव्यापी बनाउन महोत्सबको तयारी

– प्रेमनारायण आचार्य

 

   अर्घाखाँची २२ बैसाख । अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमि गर्न लागिएको श्रीमद्भागवत् प्रवचन तथा शिवपुराण अनुष्ठान वत्तिस करोड दिब्य दीप प्रज्ज्वलन पाणिनि महोत्सव तथा राष्ट्रकल्याण महायज्ञको तयारीमा आयोजकहरु जुटेका छन । 

 

  पाणिनिलाई राष्ट्रब्यापी र विश्वव्यापी बनाउन लागिपरेका उनीहरुले काठमाण्डौंदेखि विभिन्न ठाउमा विभिन्न कार्यक्रम गरेका छन । जिल्ला विकास समिति अर्घाखाँचीका पूर्व सभापति खगेन्द्रराज पाखरेलको संयोजकत्वमा कार्यक्रम गर्ने तयारी गरेका उनीहरुले आर्थिक स्रोतका लागि पनि विभिन्न कार्य गरेका छन । आगामी जेठ १ गतेबाट ९ गतेसम्म अर्घाखाँचीको पणेना तथा पोखराथोक गाविसको शीरमा रहेको पाणिनिमा महोत्सव सहितको कार्यक्रम तय गरिएको छ । आर्थिक समितिका संयोजक धनराज पोखरेलका अनुसार महायज्ञ भब्य रुपमा सम्पन्न गर्ने र महायज्ञपछि पाणिनिको विकासका लागि आवश्यक रकम संकलन गर्न विभिन्न कार्यक्रम गरिने छ । 


   यता प्रचार संयोजक विष्णु पोखरेलका अनुसार कार्यक्रमको प्रचार गर्ने क्रममा काठमाण्डौंमा यही बैशाख २३ गते मोटरसाइकल र् याली निकालिने तयारी भएको छ । त्यस्तै स्थानिय स्तरमा पनि कार्यक्रमको ब्यापक तयारी भएको छ ।

 
  हजारौं बर्ष पुरानो इतिहास बोकेको पाणिनि तपोभूमिमा प्राचीन कालमा तक्षशिला बिश्वबिद्यालयका प्राध्यापक भाष वैज्ञानिक महर्षि्र पाणिनि भगवान् शिवको तपस्याका लागि उत्तरापथतिर आएको कुरा भारत तथा नेपालका विज्ञहरुले प्रमाणित गरेका छन् । उनले अक्षरको उच्चारण ध्वनि त्यस माध्यमबाट व्याकरणका सूत्रहरु धातु सूत्र गण अणादि बाक्य िलंगानुशासन आगम प्रत्यय आदेश आदि ८ अध्यायको माध्यमबाट भाषाविज्ञानको महान् वैज्ञानिक ग्रन्थ संस्कृत व्याकरण कौमुदी शिवबाट प्राप्त गरेको पाणिनिको भाषाविज्ञानका भाष्यकारहरु  भट्टोजी दिक्षित कात्यायन आदिले पाणिनिको ब्याकरणको व्याख्या गरे । पाणिनिका छात्रहरुलाई पाणिनिया भनिन्छ । पाणिनियाहरु बस्ने ठाउँलाई कालान्तारमा पणेना भनिएको हुनसक्ने अनुमान विज्ञहरुले गरेका छन् । 


शान्त र मनोरम  स्थान यस पाणिनि तपोभूमिमा आई महर्षि पाणिनिले भगवान् शिवको तपस्या गरेका कारण यस स्थानको महत्व बढी रहेको बुढापाकाहरुको भनाइ छ । पहाडको टुप्पोमा करिव ५ सय रोपनी समथर  भूभाग रहेको छ । उक्त मैदानको बीचमा ठूलो पुष्करिणी दह रहेको छ ।

 





अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु