बिश्वमा प्रेस स्वतन्त्रता दिवस मनाईरहेकै बेला मेक्सिकोमा केही महिनादेखि हराईरहेका पत्रकारहरुको शव मेक्सिकोकै वेराक्रुजको पूर्वी जिल्लामा फेला परेको छ ।
मेक्सिकोको स्थानीय टेलिभिजनका फोटोग्राफरहरु गैब्रिएल ह्युज र गिलेमा लूनाको शव क्षत बिक्षत अवस्थामा प्लाष्टिकको झोलामा फेला परेको हो । उनीहरुको शव संगै अन्य दुईजनाको शव पनि सुरक्षाकर्मीले बरामद गरेका छन् तर उनीहरुको सनाखत हुन सकेको छैन ।
मेक्सिकोमा पछिल्लो समय पत्रकारहरुको हत्याको क्रम निकै बढेको छ । यसअघि गत सातामात्रै एक रिपोर्टरको हत्या गरी उनको शव खोलामा फालेको अवस्थामा फेला परेको थियो ।