अर्घाखाँचीमा माओबादी परित्याग गरि ४३ जना कांग्रेसमा प्रवेश

– प्रेमनारायण आचार्य

 
  अर्घाखाँची २२ बैसाख । अर्घाखाँचीको सन्धिखर्क वाड न. १ मा आज माओबादी पाटी परित्याग गरेर ४३ जना  कार्यकर्ता तथा नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 


   माओबादीले आफुहरुलाई बिभिन्न आश्वासन दिएर पाटीमा प्रवेश गराएको तर आफुहरु मोटाउने बाहेक कार्यक्रताको लागि केहि काम नगरेको अनि पाटीमा सधै गुट उपगुट हाबी रहेको भन्दै सन्धिखर्क गाविस वाड न १ छापडाडाका ४३ जना माओबादी कार्यक्रता तथा नेता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 


   नेपाली काग्रेस सन्धिखर्क गाविस वाड नं. १ को वाड भेला तथा अन्तरकि्रया कार्यक्रममा उनीहरु काग्रेसमा प्रबेस गरेका हुन् । माओबादी परित्याग गर्ने ४३ जना कार्यक्रतालाई  नेपाली काग्रेस जिल्ला कार्य समितिका सभापति कमलप्रसाद भुसालले आज पाटी प्रवेश गराउनु भएको हो । 


  माओबादकिा नेताहरु कसरि पैसा कमाउन सकिन्छ भन्नेमा लाग्दा पाटीको सिद्धान्त र कार्यक्रताको भाबना बिसर्िएकाले आफुहरु काग्रेस पाटीमा प्रबेस गरेको बिष्णु रानाले बताउनु भयो । 


   कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल सचिब लोकेन्द्र बिक महाधिबेसन प्रतिनिधि महमद सफर मिया सन्धिखर्क गाँउ कार्य समितिका सभापति नेत्रप्रसाद भटराई क्षेत्रिय प्रतिनिधि बिनोद आचार्य  लगायतले मन्तब्य राख्नु भएको थियो ।


  कार्यक्रम वाड नं. १ का सभापति खिमबहादुर श्रेष्ठको सभापतित्व र हरिबहादुर खड्काको संचालनमा सम्पन्न भएको हो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.