सन्धिखर्कमा होन्डाको टेस्ट साइड

– वीरेन्द्र केसी


अर्घाखाँची – सन्धिखर्कको टुडिखेलमा संचालन भएको तेस्रो राष्टपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा जिल्लामा पहिलो पटक मोटरसाईकलको यालीटस्ट राईड एक्सचेन्ज र स्वलो प्रतियोगिता गरेको छ ।

 



जिल्लामा पहिलो पटक स्याकार टेडिङ कम्पनी प्रालिको आधिकारिक बिक्रेता लोकपि्रय अटो सेन्टर चन्द्रौटा कपिलवस्तुले जिल्लामा खेलकुद प्रतियोगितामा सर्वसाधारणसम्म बिक्री प्रवन्द्धन गर्ने उदेश्य र सुविधाको लागि क्याम्प संचालन गरेको छ । विहीवार देखी शनिवारसम्म साचालन हुने अस्थायी क्याम्पमा शुक्रवारसम्म १५ मोटरसाईकल र स्कुटर ४ वटा बिक्री भएको होण्डा कम्पनीका पश्चिमाञ्चल प्रतिनिधि आषिश पराजुलीले बताए । सो अवसरमा सन्धिखर्क लगायत विभिन्न गाउँमा मोटरसाईकल याली समेत गरेको थियो । जिल्लामा संचालन भएका पुराना २० वटा मोटरसाईकल पि्र सर्भिस गरेको उनले बताए । ग्राहकहरुलाई सुविधा दिनको लागि सन्धिखर्कमा अस्थायी क्याम्प राखिएको हो ।

 


अर्घाखाँचीको सन्धिखर्कमा होन्डा कम्पनीले राखेको टेस्ट साईडमा लागेको भीड ।


अस्थायी क्याम्पमा मोटरसाईकल किन्ने ग्राहकहरुलाई नया वर्षको उपलक्ष्यमा मोटरसाईकल खरिद गर्दा ४ हजार देखि १ लाख रुपैयासम्मको  स्क्रयाज कुपन २० पटकसम्म फि्र सर्भिसि सेवा समेत गरिने पराजुलीले बताए । साथै कम्पनीले ५ वर्षसम्म पार्टस खरिदमा १० पतिशत छुट र बम्पर उपहारमा ६९ ग्राम सुनको सिक्का ३ जनालाई प्रदान गरिने उनले बताए । यो उपहार जेठ १४ पछि खोली छनोट गरिने छ । दुई दिनभित्र १८ हजार बराबरको स्पेयर पार्टस बिक्री समेत भएको छ ।

 


मोटरसाईकल याली


 शनिवार दिउसो स्लोरेस प्रतियोगितामा प्रथम हुनेलाई नगद १ हजार पुरस्कार दिईने लोकपि्रय अटो सेन्टरका प्रोप्राईटर मक्बुल खानले बताए । छिटै सन्धिखर्कमा डिलरको शाखा खोल्ने पनि उनले बताए ।
 


 




अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.