माछापुछ्रे हिमालबाट हिम पहिरोले सेतीनदीमा बाढीको रुप लिँदा कम्तिमा १४ जनाको मृत्यु, करिब ५० भन्दा बढी बेपत्ता



 

– प्रेम नेपाली/लालप्रसाद शर्मा

 

पोखरा  – माछापुछ्रे हिमालबाट शनिबार बिहान गएको हिम पहिरोले सेतीनदीमा बाढीको रुप लिँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । मृतक संख्या अझै बढ्न सक्ने प्रहरी अनुमान छ । प्रहरीले करिब ५० जना बेपत्ता रहेको जानकारी दिए पनि यकिन संख्या खुल्न सकेको छैन ।

कास्कीको माछापुछ्रे र सर्दीखोला गाविसका आधा दर्जन बस्तीका बारेमा जानकारी पाउन सकिएको छैन । ती बस्तीहरूलाई बाढीले बगाएको अनुमान गरिएको छ ।



 

माछापुछ्रे र सार्दीखोलाको सीमा क्षेत्रमा पर्ने खारापानी क्षेत्र बाढीको बसैभन्दा ठूलो चपेटामा परेको छ । त्यही पसल गरेर बस्ने गोपाल ताम्राकारको शव भेटिएको छ । अन्यको नाम ठेगाना खुलेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरू उद्दारमा लागेको छन् । हेलिकप्टरबाट पनि अनुगमन गरिएको छ ।

सार्दी खोला