अमेरिकी राष्ट्रपति बाराक ओवामाले दोस्रो कार्यकालको लागि राष्ट्रपतिय निर्वाचन अभियान सुरु गर्नुभएको छ । राष्ट्रपति पदका रिपब्लीकन प्रत्याशी मिट रोम्नीको प्रचार अभियान निकै अगाडि बढीसकेको बेला ओवामाले प्रचार अभियान थाल्नुभएको हो ।
ओहायोमा हिजो आयोजित एक प्रचार -यालीमा सहभागि हुँदै ओवामाले मध्यमवर्गीय अमेरीकी जनताको भलाई र समग्र आर्थिक विकाशको लागि आफ्लाई दोस्रो कार्यकालको लागि जिताउन अपिल गर्नुभयो ।
नोभेम्बर ६ तारीखमा हुने राष्ट्रपतिय निर्वाचन निकै प्रतिष्पर्धात्मक हुने अड्कल समेत ओवामाले काटेका छन् ।पहिलो निर्वाचन ताका आफुले वाचा गरेअनुसार द्रुत गतिमा परिवर्तन हुन नसकेको स्विकार्दै ओवामाले प्रतिपक्षीहरुले भने जस्तो अमेरीमाका वेरोजगारी दरभने नबढेको ओवामाको जिकिर छ । आफुले विश्व आर्थीक संकटबाट अमेरीकालाई पार लगाएको तर्क ओवामाको छ ।