अफ्रिकी मुलुक नाईजर मातृशिशु स्वास्थ्यको दृष्टीकोणले संसारकै सबैभन्दा खराब ठाँउ

अफ्रिकी मुलुक नाईजर मातृशिशु स्वास्थ्यको दृष्टीकोणले संसारकै सबैभन्दा खराब ठाँउ भएको एक अध्ययनले देखाएको छ । अन्तराष्ट्रिय सहयोग संस्था सेभ द चिल्ड्रेनले गरेको अध्ययन अनुसार नाईजरमा सन्तान जमाउने आमाहरुको अवस्था अत्यन्तै दयनीय हुने गरेको छ ।

बढ्दो खाद्य संकट, अचेतना र अन्धविश्वासका कारण त्यहाँका आमाहरुको अवस्था झनझन विग्रीएको ठहर उक्त संस्थाको छ ।खाद्य संकटकै कारण नाईजरमा १० लाख भन्दा धेरै बालबालीका मृत्युको संघारमा पुगेको पनि अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले अघिल्लो वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका आमाहरुको लागि अफगानिस्तान सबैभन्दा असुरक्षीत स्थानमा परेको थियो ।


मातृस्वास्थ्य र सुरक्षाको दृष्टीले कमजोर राष्ट्रहरुको पछिल्लो सुचीमा नाईजर पछि क्रमश अफगानिस्तान, यमन, गिनि बिसु र माली परेका छन् ।यसैगरी सेभ द चिल्ड्रेनले मातृशिशु स्वास्थ्य र आमाहरुको सामाजिक सुरक्षाको दृष्टीले नर्वे, आईसल्याण्ड, स्विडेन, न्युजिल्याण्ड र डेनमार्कलाई उत्कृष्ट राष्ट्रको रुपमा सु्चिकृत गरेको छ । AFP