भारत सरकारद्धारा अवैध रुपमा हतियार बेचेको आरोपमा ७४ जना सैनिकलाई कारबाही

अवैध रुपमा हतियार बेचेको आरोपमा ७४ जना भारतीय सैनिकलाई कारबाही


भारत सरकारले अवैध रुपमा हतियार बेचेको आरोपमा ७४ जना सैनिकलाई कारबाही गरेको छ ।

 

कारबाहीमा परेका सबै सैनिकहरु भारतको राजस्थान सीमावर्ती क्षेत्रमा कार्यरत हुन् ।

 

कारवाही गरिएका सैनिक अधिकृतहरुले सन् २००२ देखि २००४ सम्म अवैध रुपमा हतियार बिक्री गरेको स्वीकारेका छन् ।

 

आफनो कार्यक्षेत्रका स्थानीय प्रशासनिक अधिकारीको मिलेमतोमा भएको हतियार बिक्रीमा दोषी पाइएपछि चार जना उच्च सैनिक अधिकृतहरुलाई निलम्बन गरिएको छ ।

 

स्थानीय अधिकारीहरुमाथि पनि छानविन भइरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।