कारागारमा रहेकी युक्रेनकी विपक्षी नेतृ युलिया तिमोशेन्कोले भोक हड्ताल अन्त्य गरेकी छिन् । कारागारभित्रै आफुलाई र्दुव्यवहार गरिएको भन्दै युक्रेनकी पुर्व प्रधानमन्त्री समेत रहेकी तिमोशेन्कोले १९ दिनदेखी भोक हड्ताल गरेकी थिईन् । तिमोशेन्कोको समर्थनमा युरोपका थुपै सरकार प्रमुखहरुले युक्रेनमाथि दवाव बढाएपछि सरकारले उनलाई विदेशी डाक्टरसँग उपचार गराउन अनुमती दिएको छ । जर्मन डाक्टरसँग यसक्रेनकै अस्पतालमा उपचार गराउने सहमती भएपछि तिमोशेन्कोले भोक हड्ताल अन्त्य गरेकी हुन् ।
युक्रेनका वर्तमान प्रधानमन्त्री भिक्टर यानुकोभिचसँग चुनावमा पराजित भएपछि तिमोशेन्कोमाथि पुर्व सरकार प्रमुखको हैसीयतमा पद तथा शक्ति दुरुपयोग गरेको आरोप छ । यही आरोपमा सरकारले तिमोशेन्कोलाई पुर्वाग्रही ढंगले कारवाही गरेको बताईएको छ । जर्मनी, अष्ट्रिया, रोमानिया, चेक गणतन्त्र लगायतका सरकार प्रमुखले तिमोशेन्कोको समर्थनमा युक्रेनमा हुने भनिएको युरोपियन सम्मेलन वहिष्कार गर्ने जनाएपछि युक्रेनले सम्मेलन नैं स्थगीत गर्नुपरेको थियो ।तिमोशेन्कोलाई कारागारमुक्त गराउने दवाव स्वरुप केही युरोपेली सरकार प्रम्खले युक्रेन र पोल्याण्डमा हुने आसन्न युरोकप फुटबलमा समेत सहभागिता नजनाउने बताईसकेका छन् । Agencies, www.timesofearth.com