अर्घाखाँचीको ऐतिहासिक पाणिनिमा श्रीमद्भागवत् महोत्सवको तयारीमा आयोजक

– प्रेमनारायण आचार्य


  अर्घाखाँची २८ बैसाख ।  अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिमा आगामी जेठ १ गतेदेखि ९ गतेसम्म गर्न लागिएको श्रीमद्भागवत् प्रवचन तथा शिवपुराण अनुष्ठान वत्तिस करोड दिब्य दीप प्रज्ज्वलन पाणिनि महोत्सव तथा राष्ट्रकल्याण महायज्ञको तयारी गर्ने क्रममा विद्युतको पनि ब्यवस्था मिलाइएको छ । 


  नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गरेर विद्युत लाइन विस्तार गरिएको महायज्ञका प्रचार संयोजक विष्णु पोखरेलले बताए ।  जिल्ला विकास समिति अर्घाखाँचीका पूर्व सभापति खगेन्द्रराज पाखरेलको संयोजकत्वको मूल समितिले महायज्ञको तयारी तीव्र पार्ने क्रममा मंगलवारबाट बुटवलमा भेटघाट र प्रचारप्रसार तीव्र पारेको छ ।

 
   यता महायज्ञ स्थलमा टेन्ट लगाउनेदेखि पुजा मण्डप बनाउने काम पनि भइरहेको प्रचार संयोजक पोखरेलले बताए ।  महायज्ञमा प्रमुख वाचिकाका रुपमा सुश्री तारा घिमिरे रहेकी छिन ।


   हजारौं बर्ष पुरानो इतिहास बोकेको पाणिनि तपोभूमिमा प्राचीन कालमा तक्षशिला बिश्वबिद्यालयका प्राध्यापक भाष वैज्ञानिक महर्षि्र पाणिनिआइ तपस्या गरेको भन्दै आयोजकले यही कारण यस स्थानको महत्व बढी रहेको बताउदै आएका छन । यहाँ पाणिनिले भगवान् शिवको तपस्या गरेको बताइन्छ । 

 
   त्यसो त पाणिनि तपस्याका लागि उत्तरापथतिर आएको कुरा भारत तथा नेपालका विज्ञहरुले प्रमाणित गरेका छन् । शान्त र मनोरम  स्थान यस पाणिनि तपोभूमिमा आई महर्षि पाणिनिले भगवान् शिवको तपस्या गरेका कारण यस स्थानको महत्व बढी रहेको बुढापाकाहरुको भनाइ छ । पहाडको टुप्पोमा करिव ५ सय रोपनी समथर  भूभागको बीचमा ठूलो पुष्करिणी दह रहेको छ ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.