अर्घाखाँचीमा १ सय चोरीका मोटरसाईकल भेटिए


अर्घाखाँची जिल्ला प्रहरी कार्यालय हाताभित्र नियन्त्रणमा लिएर राखिएका चारीका मोटरसाईकल  ।

 

– वीरेन्द्र केसी


अर्घाखाँची – गाउँमा लुकाई राखेको अवस्थामा प्रहरीले विशेष सर्च अभियान साचालन गरेर एक महिना भित्र १ सय चोरीका मोटरसाईकलन फेला पारेको छ । चालक अनुमति पत्र र बिलबुक नभएका चोरीका मोटरसाईकल गाउँमा चलिरहेको सुचना पाएपछि प्रहरीले नियन्त्रण अभियान सचालन गरेको हो ।


प्रहरीको कार्यालय हाता भित्र १ सय मोटरसाईकल छन । ती सबैका बिलबुक नभएका चोरीका दुई नम्बरे मोटरसाईकल भएको प्रहरीले जनाएको छ । गाउँमा सबैभन्दा बढी शिक्षक ठेकेदार र राजनीतिक दलका नेताहरु यस्ता मोटरसाईकल चढने गरेको फेला परेको छ प्रहरी नायव उपरीक्षक अरुण पौडेलले भने अहिले उनीहरु पैदल हिडने गरेका छन । सबै गाउँमा विशेष सर्च अभियान साचालन गरेर १ महिना भित्र नियन्त्रणमा लिएका १ सय मोटरसाईकललाई भैरहवा भन्सार कार्यालयमा पठाउने तयारी गरेको छ । प्रहरी खोज्दै आएको छ भन्ने थाहा पाएपछि यस्ता मोटरसाईकलन चढनेहरुले गोठ जंगल घर छेउमा परालको माच टउवा भित्र र केहीले बाटैमा बेवारिसे छाडेर भागेको अवस्थामा भेटिएको उनले बताए । खोजतलास गर्न ५ देखी ९ जनासम्मको प्रहरीलाई टिममा विभिाजन गरेर खोजी गर्दा जिल्लामा पहिलो पटक यति धेरै संख्यामा फेला परेको हो ।

 

सबैभन्दा बढी गुल्मी र पाल्पा जिल्लाको सिमानाका गाउँहरुमा भेटिएका हुन । गुल्मीसँग जोडिएको भगवती मरेङ छत्रगाज अर्घातोष केरुगा बल्कोट चिदिका र पाल्पाको पोखराथोक पणेना मैदान खिदिम लगायतका गाविसमा सबैभन्दा धेरै भेटिएको र अरु गाउँमा पनि खोजीकार्य जारी रखेको प्रनाउ पौडेलले बताए । प्रहरीले बाटोमा चेकजाँच कडा पारेपछि र गाउँमा झुक्काएर समात्न थालेपछि चोरीका बाईक चढिरहेकाहरुले बेवारिसे छाडन थालेका छन । बिलबुक नभएका चारीका बाईक चलाएर हिडँदा प्रहरीले समात्यो भने बेईजत हुने डरले त्यसै छाडेको हुन सक्ने आशंका प्रहरीको छ ।


यस्ता मोटरसाईकल ३० देखि ५० हजार रुपैयासम्मका किनबेच हुने गरेको अवैध मोटरसाईकल नियन्त्रण अभियानका प्रमुख सई चन्द्रप्रकाश घिमिरेले बताए । नियन्त्रणमा लिए जति मोटरसाईकलका कसैका पनि बिलबुक नभएको उनले बताए । यस्ता बाईक सोरुममा डेढ देखी २ लाख रुपैयाँ पर्ने गर्छ । तीन वर्ष अघिसम्म यस्ता मोटरसाईकल सदरमुकाममा छयाप्छयाप्ती यस्ता  चल्थे ।

 

तत्कालिन प्रजिअ बलभद्र गिरिले चोरीका मोटरसाईकल नियन्त्रणमा लिने अभियान सचालन गरेका थिए । धेरै समातिए पनि केही बाईक गाउमा सचालनमा थिए । पछिल्लो पटक प्रहरीले घरमै गएर समात्न थालेको छ । जिल्लामा अझै यो भन्दा धेरै संख्यामा यस्ता बाईक हुन सक्ने आशंका प्रहरीको छ । जिल्लाको सिमानाबाट भित्राउने सकि्रय गिरोह नै सकि्रय रहेको अनुमान प्रहरीको छ । धेरैजसो स्प्लेण्डर कम तेल खाने मोटरसाईकल छन । 

 
शहरमा शुन्य गराएपछि अहिले गाउमा चलाउछन पौडेलले भने प्रहरीका आखा छलेर गाउमै चल्छन र तेल पनि किराना पसलेहरुले बिक्री गर्छन । राजनीतिक दलका नेता ठेकेदारसगै सबैभन्दा बढी प्रावि देखि उच्च मावि र क्याम्पस पढाउने प्राध्यापकहरु र गाउमा व्यावासय गर्ने र सिकारुहरु चढने गरेको प्रहरीको भनाई छ । सदरमुकाम देखि गाउसम्म पुगेर मोटरसाईकल साधन मालवाहक गाडीहरुलाई लाईसेन्स र बिलबुक साथमा लिएर नचालाएको भेटाएमा जरीवाना र कारवाही गर्ने कडा अभियान साचालन गरेको छ । तीन वर्ष देखि हालसम्म ३ सय जति यस्ता मोटसाईकलहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा पठाएको प्रहरीले बतायो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.