इन्डोनेसियामा प्रदर्शन उडानका बेला बेपत्ता भएको बिमान पत्ता लागेको छ् भने कयौ शबहरु फेला परेका छन।
४४ यात्रुसहितको सुखोई सुपरजेट १०० विमान प्रदर्शनकै क्रममा इन्डोनेसियाको आकाशबाट बेपत्ता भएको थियो ।
बिमान खोजीका लाग थुप्रै हेलिकप्टर परिचालन गरिएको थियो।
पूर्वी जाकार्ताको हालिम पेर्दानाकुसुमा बिमानस्थलबाट उडान भरेको उक्त बिमान १० हजार फिटबाट ६ हजार फिटसम्म तल झर्दै गर्दा सम्पर्क टुटेको बताइएको छ ।
बिमानमा चालक दलका आठ सदस्यसहित केही पत्रकार गरी ४४ यात्रु रहेको पुष्टी भएको छ । खोजी कार्य तीब्र बनाइएको थियो।