संविधानका विवादित विषयलाई मतदान प्रक्रियामा लैजाने निर्णयसँगै विभिन्न दलहरुले एकपछि अर्को माग उठाएपछि विवादित विषयको संख्या बढेर करीब तीनसय पुगेको संवैधानिक समितिले जनाएको छ।
दलै पिच्छे मागको ओइरो लागेपछि समितिले संविधानसभामा पेश गर्ने प्रश्नहरुको सूची तयार गर्न नसक्दा बिहीबार शुरु गर्ने भनिएको मतदान प्रक्रिया स्थगित गर्नु परेको दुई प्रमुख दलका प्रमुख सचेतकहरूले बताए।
संविधानका विवादित विषयहरुको संख्या यस अघि एकसय १७ थियो।
दलहरुले खासगरी दुई मुख्य विवादित विषय संघीय ढाँचा र शासकीय स्वरुपमा सहमित गरे अरु विषयमा कुरा मिल्ने बताइएको थियो।
यसबारे नेकपा एमालेका प्रमुख सचेतक भीम आचार्यले भने,