अखण्ड लुम्बिनीको माग सहित अर्घाखाँचीमा कार्य समितिको बिस्तार


 

– प्रेमनारायण आचार्य

 
   अर्घाखाँची ३० बैसाख । लुम्बिनी अंचलका ६ वटा जिल्लालाई टुक्राउन नहुने र प्रदेसको नाम लुम्बिनी राख्नु पर्ने उदेश्यका साथ स्थापना भएको लुम्बिनी एकता समाजले आज अर्घाखाँचीमा आफ्नो कार्य समितिको बिस्तार गरेको छ । 


   अखण्ड लुम्बिनीको लागि बिभिन्न कार्यक्रम गर्दै आएको लुम्बिनी एकता समाजको सन्धिखर्कको शान्ति बगैचामा आज भएको भेलाले के एल शर्माको अध्यक्षतामा सर्ब सम्मत रुपमा ३१ सदस्यीय लुम्बिनी एकता समाज अर्घाखाँचीको गठन गरेको हो । 

 

   जसको उपाध्यक्षमा बेदराज घिमिरे सचिब प्रेम आचार्य सहसचिब नारायण भुसाल कोषाध्यक्ष नेत्रप्रसाद मरासिनी रहेका छन् । 

 

   जसको सदस्यहरुमा नीमबहादुर रिजाल गणेश खनाल असोक पौडेल रुद्रमणि भुसाल अर्जुन भुसाल लक्ष्मण घिमिरे रामकुमार बिस्ट उमेश घिमिरे शान्ता खासु युबराज श्रेष्ठ सरिता भुसाल लगायतका रहेका छन् । 


  भेलाले सल्लाहाकारमा प्रेमनारायण गैरे हिमबहादुर जिसि लेकाली सुर्यप्रसाद भुसाल बिरेन्द्र केसी जगन्नाथ भुसाल  ईन्द्रमणि पौडेल सुरज सारु  लगायतलाई सल्लाहाकारमा मनोनित गरेको छ । 


   कार्यक्रममा अखण्ड लुम्बिनी एकता समाजका अध्यक्ष जनक भुसाल  उपाध्यक्ष मेघराज पन्थ सदस्यहरु सुर्यप्रसाद भुसाल  प्रेम आचार्य मानब अधिकारबादी प्रेमनारायण गैरे लगायतको उपस्थिति रहेको थियो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु