– शोभाखर पन्थी
बैशाख ३० अर्घाखाँची । अर्घाखाँची जिल्लामा कि्रयाशिल राजनितिक दल र नागरिक समाजका प्रतिनिधिहरुले एकिकृत लुम्बिनी राज्यको विषयलाई लिएर लबिङ सुरु गरेको छ ।
सदरमुकाम सन्धिखर्कमा आज बसेको जिल्ला स्थित दलहरु को अनौपचारिक बैठकले एकिकृत लुम्बिनी राज्य निर्माणका लागी प्युठान गुल्मी पाल्पा कपिलबस्तु रुपन्देही नवलपरासी लगायतका जिल्लाका नेताहरु सँग आवश्यक छलफल गरी लुम्बिीनी राज्यको पक्षमा संघर्ष र बार्तालाइ अगाडी बढाउने निर्णय गरेको छ ।
बैठकले आ-आफ्नो दलका केन्द्रिय नेताहरु सँग संवाद गरी नयाँ संविधानमा एकिकृत लुम्बिनी राज्य बनाउन लबिङ्घ गर्ने समेत निर्णय गरेको छ ।
जिल्लामा कि्रयाशिल राजनितिक दलका नेताहरु शनिवार दिनभर एकिकृत लुम्बिनी राज्यको पक्षमा जनमत जुटाउन कि्रयाशिल रहेका थिए । नेताहरुले एकिकृत लुम्बिनी राज्य नभए मान्य नहुने समेत चेताबनी दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष रामजी प्रसाद घिमिरेले भौगोलिक धार्मिक सांस्कृतिक र आर्थिक हिसाबले समेत एकिकृत राज्यको विकल्प नभएको बताए ।उनले आफ्नो पार्टी एकिकृत लुम्बिनीको पक्षमा डटेर लाग्ने धारणा व्यक्त गरे ।
नेपाली कांग्रसका जिल्ला सभापति कमल प्रसाद भुसालले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नाम बाट नेपाल विश्वभर परिचित भएको बताउदै एकिकृत लुम्बिनी राज्य निर्माणका लागी आफ्नो पार्टीका शिर्ष नेताहरुको ध्यानाकर्षण गराएको बताउदै एकिकृत लुम्बिनी राज्य निर्माणको लागी सकि्रयता पुर्वक लाग्ने बताए ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.