काठमाडौं – कांग्रेसले दुई महत्त्वपूर्ण विवादित विषय संघीयता र शासकीय स्वरुपमा मतदान नगर्न प्रस्ताव गरेको छ ।
संवैधानिक समितिको आइतबारको बैठकमा कांग्रेस सभासद् विमलेन्द्र निधिले संघीयता र शासकीय स्वरुप जटिल विषय भएकाले सहमतिमै टुंग्याउनुपर्ने प्रस्ताव गरेका हुन् । ‘यस्ता गम्भीर विषयमा सहमतिमै जाँदा उचित हुन्छ भन्ने हाम्रो प्रस्ताव हो,’ निधिले भने ।
विवाद समाधान उपसमितिले संवैधानिक समितिमा पठाएका विवादित विषयको प्रश्नावली सूचिमा शासन प्रणालीका पनि बुँदा समेटिएपछि निधिले यस्तो प्रस्ताव गरेका हुन् । – कान्तिपुर