चीनमा अविरल बर्षा र हावा हुरीका कारण ३७ जनाको मृत्यु

चीनमा अविरल बर्षा र हावा हुरीका कारण ३७ जनाको मृत्यु भएको छ भने २० जना हराईरहेका छन् । उत्तरी चीनको गान्सु जिल्ला हावा र हुरीका कारण त्यस क्षेत्रको जनजिवन प्रभावित भएको छ ।

 

हुरी बतासले ३० हजार भन्दा वढी घरहरुमा क्षति पुगेको छ । कयौं पुलहरु भत्किनुका साथै ठाउँ ठाउँमा रुखहरु ढलेकाले यातायात सेवा समेत अवरुद्ध बनेको छ ।

 

वर्षा र हावाहुरीले बिजुली आपूर्ति बन्द हुनुका साथै हवाई सेवा समेत प्रभावित बनेको छ । अविरल बर्षाको कारण नदीको सतह वढ्दै गएर बस्तीसम्म प्रवेश गरेको छ ।

 

हावाहुरीवाट प्रभावित हनेका लागि उचित बासस्थानको ब्यबस्था गरिएको चीन सरकारले जनाएको छ । चीनमा बर्षेनी हुने प्राकृतिक प्रकोपले थुप्रैको मृत्यु हुने गरेको छ ।