अर्घाखाँची सामुहिक बचत कोष युएईको बार्षिक साधारण सभा सम्पन्न

– राजु खड्का

 

अखाँटा युएई डेस्क ! मे ११ तारिखका दिन अर्घाखाँची सामुहिक बचत कोष युएई प्रथम बार्षिक साधारण सभा कोषका अध्यक्ष श्री रविलाल खनालको अध्यक्षतामा सफलताका साथ सम्पन्न भएको छ ।

 



दुबईको बर दुबई स्थित अरब उडुपि रेष्टुरेन्टमा दिउँसो ३:०० बजेबाट शुरु भएको उक्त कार्यक्रममा कोषका अधिकांश सदस्यहरुको उपस्थिति रहेको थियो । कोषका सचिव श्री राजु खड्काद्धारा कोषको स्थापना कालदेखि हालसम्मको आर्थिक गतिविधि प्रस्तुत गरीएको थियो । साथै साधारण सभामा कोषले एक बर्षसम्म गरेका बिभिन्न कि्रयाकलापका बारेमा समिक्षा गर्नुका साथै कोषको भावि रणनितिका बारेमा पनि व्यापक छलफल सहित केहि निर्णयहरु पारित गरीएको छ ।

 


 

आजको सामुहिक नियमित बचत भोलिको सुनौलो भविश्यू भन्ने मुल उद्देश्यका साथ बैदेशिक रोजगारको सिलसिलामा अर्घाखाँची जिल्लाबाट युएईको विभिन्न स्थानमा कार्यरत जिल्लाबासी साथिहरुको सामुहिक पहलमा एक बर्ष भन्दा अगाडि अर्घाखाँची सामुहिक बचत कोष युएईू को स्थापना भएको थियो । एक बर्षको छोटो अवधिमा नै यस बचत कोषले करिब नेपाली पन्ध्र लाख रुपैया सामुहिक रुपमा संकलन गर्न सफल भएको र भबिष्यमा यसलाई अझ व्यापक र व्यवस्थित रुपमा अगाडि बढाउदै लैजाने लक्ष्य राखेको छ । यसरी संकलन भएको रकमलाई भविष्यमा अर्घाखाँची जिल्लामा नै उपयुक्त क्षेत्रमा लगानी गरी स्थानिय रुपमा प्रत्यक्ष रोजगारीको वातावरण सृजना गर्ने योजना रहेको छ ।

 



कोषको संचालक समितिमा निम्न सदस्यहरुलाई आगामी कार्यकालको लागि चयन गरिएको छ । अध्यक्ष श्री रविलाल खनाल उपाध्यक्ष श्री प्रकाश रायमाझी र श्री सम्राट केसि सचिव श्री राजु खड्का कोषाध्यक्ष श्री चिरन केसि सह कोषाध्यक्ष श्री रामु घिमिरे सह सचिव श्री तुल्सीराम चुदाँली र सदस्यहरुमा क्रमशः श्री जीवन के.सि श्री अजुर्न खड्का श्रमिति सिता खत्रि र श्री बुद्धिराम आचार्य रहनु भएको छ ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.