ब्राह्मण क्षेत्री लगायतका समुदायद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

ब्राह्मण  क्षेत्री लगायतका समुदायद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

जातिय आधारमा राज्य पुनर्संरचना गर्न नहुने र आफूहरुलाई आदिवासीमा सूचिकृत गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका ब्राह्मण,क्षेत्री,ठकुरी,दशनामी,दलित लगायतका समुदायले आफ्ना माग पूरा गराउन थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
 
ती समुदायका प्रतिनिधि सम्मिलित संयुक्त संघर्ष समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरी माग पूरा गराउन राजनीतिक दल तथा सभासद्हरुको ध्यानाकर्षण गराउन जेठ १ गतेदेखि ३ गते सम्म देशका ७५ वटै जिल्लामा ब्यापक जनप्रदर्शन गर्ने बताएका हुन ।
 
त्यसबीचमा पनि माग पूरा नभए जेठ ४ गतेदेखि अनिश्चितकाली आमहड्तालमा उत्रने र त्योसंगै भद्र अवज्ञा आन्दोलन पनि गर्ने उनीहरुले बताएका छन् । यी समुदायहरुले यही बैशाख २८ र २९ गते दुइ दिन नेपाल बन्द गराएका थिए ।
 
पत्रकार सम्मेलनमा क्षेत्री समाज नेपालका अध्यक्ष दिलबहादुर क्षेत्रीले माओवादी अध्यक्षबाट