अग्नि एअरको विमान दुर्घटना, १५ जनाको मृत्यु

पोखराबाट मुस्ताङको जोमसोम उडेको अग्नि एअरको ९ एन एआइजी विमान जोमसोम विमानस्थल नजिकै डाँडामा ठोक्किएर दुर्घटना भएको छ। २१ जनामध्ये १५ जनाको मृत्यु पुष्टि भएको छ। जीवितै उद्दार गरिएका ६ जनामध्ये केहीको स्थिति गम्भीर छ। उनीहरुलाई तारा एयरको विमानबाट पोखरा ल्याइँदैछ।


९ जनाको शव निकालिसकिएको छ। उद्दारमा संलग्न प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले जनाए अनुसार ७ जनालाई जीवित उद्दार गरिएको छ। शव च्यापिएकाले निकाल्ने क्रम जारी छ। पोखरेलका अनुसार १५ जना मरेको पुष्टि भइसकेको छ।

१८ यात्रुसहित उक्त विमानमा २१ जना थिए। दुई भारतीय बालिका र दुई विदेशी जीवित रहेको पर्यटन व्यवसायी प्रकाश पौडेलले बताए। क्याप्टेन प्रभुशरण पाठकले उडाएको विमानका सहायक चालक एसडी महर्जन छन् भने एयरहोस्टेज आर हैजू छन्।

यसैगरी पोखरा विमानस्थलबाट जनाएअनुसार घाइते अस्पताल ल्याउन ७ वटा एम्बुलेन्स एयरपोर्टमा तयारी अवस्थामा राखिएको छ। तर जोमसोममा हावा चल्न सुरु भइसकेकाले तीन घाइतेमात्र ल्याउन सकिने अवस्था रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्।

यात्रुहरु मुक्तिनाथ दर्शनका लागि विमान चार्टर गरेर त्यसतर्फ गएका थिए।

 

घाइते यात्रुहरु




आर एन्ड्रीअस र टी इमिली (डेनमार्क)
बालिका तिरुमाला किदाम्बी श्रीवर्द्धिनी र तिरुमाला किदाम्बी श्रीपाद (भारत)
एयर होस्टेज रोसनी हाइजु (नेपाल)
पाँचैजनाको अवस्था सामान्य, अस्पतालबाट उपचारपछि घर फर्कन लागेका।
तिरुमाला किदाम्बी श्रीकान्थ (भारत) मणिपाल शिक्षण अस्पतालमा आइसीयुमा उपचाररत








मृत्यु हुने





१) के. मामान्या
२) एसके अरोरा
३)एम हान्डा
४) एम अरोरा
५) आर हान्डा
६) के अरोरा
७) टी सचदेव
८) जी सचदेव
९) सानाइम सुधार
१०) लथा इकाम्बादे
११) जी रमन
१२) श्रीमान् कुमार




१३) श्रीमती कुमार


घाइते उद्दार गरी आएको विमानको पोखारमा प्रतीक्षा। तस्बिर:मनोज अधिकारी




घाइतेलाई एम्बुलेन्समा राखिँदै। तस्बिर:मनोज अधिकारी




घाइतेको उद्दार गरिँदै। तस्बिर:सन्तोष पोखरेल