वन्दका कारण सडकवासीलाई सास्ती

– उमाकान्त पाण्डे “गाउंले”  – बुटवल

सविंधान जारी हुने दिन नजिकिदै जादा नेपाल बन्द लगायत क्षेत्रिय बन्दका कार्यक्रम थपिदै गएका छन । बन्दका कारण आम – सर्वसाधारणलाई असुबिधा भएको छ । बन्दबाट सबैभन्दा पिडा सडकबासीलाई परेको छ ।

आफ्नो दैनिकीको तीन चौथाइ समय सडक छेउ किनारमा व्यबसाय गर्दै आएकी स्याङ्जाकी तुलसा गौडेल बन्दकाका कारण व्यवसाय चौपट बनेको गुनासो गर्नुभयो । सड्क छेउमा ठेला राखी सामान्य व्यवसाय गरी बालबच्चालाई उच्च शिक्षा दिलाउने उद्देश्य बोक्नु भएकी उहा बन्दाका कारण हार मान्नु भएको छ । उहांले भन्नुभयो ” आफुहरुले वन्दको घोषणा गर्छन् , आफुहरुनै गाडीमा सरर आउछन – यहाँ बिक्रीका लागि तयार पारीराखेको सबै नास्ता भुई भरी पोखीदिएर – उल्टै हामीलाई गाली गर्दै जान्छन।”  केही होला भनेर विगत सातवर्ष अघीबाट व्यवसाय सुरु गर्नुभएकी उहां अहिले दिनहु जसो हुने गरेका बन्दका कारण आक्रोशित बन्नु भएको छ ।
 
बन्दका कारण व्यबसाय गर्नेहरुका लागि मात्रा होइन बिरामी परी उपचार गर्न अस्पताल जानुपर्ने वा अपरझट एक ठाउँ बाट अर्को ठाउँमा जान पर्ने हरुकालागी झनै असुबिधा हुने गरेको छ।

अर्घाखाँची डिहिडाडाका ८३ बर्षिय खड्क बहादुर पारीयार (लुरे दमाइ) बुधवार घरकै आगनमा अझल्टिएर लड्नुभयो । उहाको एक हरनै नचल्ने गरी बाँया खुट्टा भाच्चियो। बुढेशकालमा नातीहरुले उहालाई लुम्बिनी अञ्चल अस्पतालमा ल्याइ पुराए।जेनतेन उपचार त भयो तर आफुहरुसग भएको पैसा नै सकियो । अहिले उहाहरु अलपत्र अवस्थामा हुनुहुन्छ । अस्पतालको छेउछाउमा हिंड्ने बटुवा हरुसग उहाहरु सहयोग माग्दै हुनुहुन्छ । यहाँ होटलमा राखौ पैसा छैन , पैसा भएपनी बजार बन्द छ । शहरमा चिनेको पनि कोही छैन , एम्बुलेन्समा राखेर भएपनि घर पुराउन सकिन्छकी भनेर उहाहरुले सहयोग माग्दै गरेको उहाहरुले बताउनु भयो। “एम्बुलेन्समा चर्को शुल्क लाग्ने भयो तर के गर्ने सहयोग मागेर भएपनि घर सम्म पुर्याउन पाए राम्रो हुन्थ्यो”,घाइते कुरुवा मध्येका एक नाती जीवन परीयारले बताउनु भयो ।

उता भारतको दिल्ही बाट नेपाल फर्कदै गर्नुभएका गुल्मीका कमल अर्याल सुनौली नाकाबाट भित्रिए पछी अलपत्र पर्नुभएको छ । उहालाई बाबुको जेष्ठ ३ गते परेको वार्षिक पुण्य तिथीमा दु:ख फाल्न समयमै घर पुग्नु पर्ने छ । तर बन्दका कारण बाटोमै अलपत्र परेपछी उहा आत्तिनु भएको छ । बाबुको मृत्यु मात्र होइन भर्खर दुई बच्चाकी आमा बनेकी आफ्नी श्रीमतिको मृत्युको कारण झन चिन्तित हुनु भएको हो । घरमा ५६ बर्षिय बुढीआमा र दुईवटा टुहुरा छोराहरु मात्र छन । उहाले भन्नुभयो “बाबुको बर्खीको दिन पनि आयो, सबै तयारी गर्नुपर्ने तर बिच बाटोमै अलपत्र परीयो, “आफ्नो देश नेपाल भनेर भन्न पनि लाज लाग्न थाल्यो”,उहाले भक्कानिदै भन्नुभयो ।    

“बुटवल आइपुगे भनेर घरमा खबर गर्न फोन समेत गरेको छैन,जहाँ त्यही बन्द छ,घर पुग्ने त कसरी हो ? खबर समेत गर्न सकिन।” सुनौलीबाट पैदल बुटवल आइ पुग्नु भएका अर्यालले गहंभरी आशु झार्दै बताउनु भयो।