संविधान सभा अन्तर्गतको संवैधानिक समितिको बैठक पनि सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित

संविधान सभा अन्तर्गतको संवैधानिक समितिको बैठक पनि सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको छ । समितिले उससमितिले विवाद मिलाएर नल्याएको भन्दै बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो । यसअघि संविधान सभाको बैठक पनि दशौं पटक सूचना टाँसेर स्थगित हुँदै आएको थियो ।


यसैबीच, संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले नयाँ संविधानका विवादित विषयमा प्रमुख चार राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चावीच पूर्व सहमति जुटाउन अन्तिम र निर्णायक प्रयास गर्ने भएको छ ।

उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले संवैधानिक समितिमा पेश भई सकेका प्रश्नावलीमा समेत सहमति जुटाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको बैठक पछि जारी विज्ञप्तीमा उल्लेख छ ।विवादित विषयका प्रश्नावलीलाई संविधानसभामा प्रक्रियामा लैजानसमेत कठिनाई उत्पन्न भएको भन्दै उपसमितिले संविधानका टुंगो लाग्न बाँकी आधारभुत विषयहरुमा चार राजनीतिक पक्षवीच सहमति नै गर्नु अपरीहार्य रहेको निष्कर्ष निकालेको हो ।बैठकपछि संचारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष तथा उपसमिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले विवादित विषयमा सहमति खोज्ने प्रयासलाई थप तिव्र बनाउने र जेठ १४ गतेभित्रै संविधान जारी हुने दाबी गर्नुभयो ।


नियमावलीको प्रक्रियाबाट टुंगो लगाउन संविधानसभामा पेश गर्ने निर्णय भई प्रश्नावली निर्माण गरेर उपसमितिले संवैधानिक समितिमा पेश गरेपनि समितिले स्वीकार नगरेको उपसमितिको भनाई छ । राजनीतिक दलहरुबीच खासगरी राज्य पुर्नसंरचना, शासकीय स्वरुपसहित ११७ वटा विषयमा विवाद छ । RSS