१४ भित्र म अर्को पार्टीको नेतृत्वमा सरकार गठन गर्न दिँदैछु: प्रधानमन्त्री भट्टराई

काठमाडौं – आफूलाई कुर्सीको लालचा नभएको प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्। ‘जेठ १४ भित्र म अर्को पार्टीको नेतृत्वमा सरकार गठन गर्न दिँदैछु’, अखिल क्रान्तिकारीले राजधानीमा आयोजना गरेको चियापानमा प्रधानमन्त्री भट्टराईले भने।

कुर्सीको लोभमा जेठ १४ पछि समय थप्न लागेको भन्ने खबरको प्रतिवाद गर्दै सोमबार उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘समय थप्ने भन्ने कुरा जुन आएको त्यो पूर्ण रुपमा खण्डन गर्छु’, उनले भने- ‘जेठ १४ पछि संविधानसभाको म्याद एक दिन पनि थपिँदैन।’

बहुमतीय प्रक्रियामा जाँदा संविधान नबन्ने धारणा राखेका उनले सहमतीका आधारमा संविधान बन्ने उल्लेख गरे। RSS