– छबि किरण बस्नेत
ओमान मस्कट
गाउँमाथिको ढुँगेधारा को चिसो पानि अनि छॆउकै सितल चौतारी जहु चैत बैशाख को चर्को घाँममा गाँउ भरीका किसानहरु भेला भयर चिसो हावा खाने त्यो ठाउ । साथिसँगि सँगै बसेर काँचो मेवा व्रुर्याम व्रुर्याम चपाएको त्यो छन । पुसमाघ को कठ्ठयाँरिदो जाडो मा खल्यान को छेउ मा रहेको कौरा को थुप्रो वरिपरी बसेर मकै खायको त्यो छन । जन्म दिने आमाबुवा अनि जिबनभर सँगै जिउने भनि भित्य्राएकि जिबनसँगि । र्भखरै हिडन थालेको प्राण प्यारो सन्तान जो अहिले फोन गर्दा पनि बाबा घर कहिले आउनु हुन्छ छिटो आउनुसन बाबा म ठुलो भाछु भनेर भन्ने गर्छ । बाबा कहिले आउनु हुन्छ मम्मी भनि सोधेर हैरान पार्छ रे कहिले काहि त बाबा आउनु भयो भन्दै म आयको बाटो पन्छाउदै पल्नो गाउ सम्म पुग्छ रे । यस्तै यस्तै कुरा ले कहिले काहि म मा भाबुक ता छाउछ अनि रिष उठेर आउछ राष्ट्र चालक प्रति ।
साचै भन्ने हो भने जति परिश्रम गरेर पनि परिवार पाल्न हम्मे हम्मे भय पछि नै हामि बाध्यता र बिबशताले पिल्शीयर बिदेशि का हौ भन्दा दुइ मत नहोला । साच्चै भन्ने हो भने हाम्रो मासिक तलब घर नपठाउदा सम्म हाम्रो घरमा चुलो बल्न पनि मुस्किल पर्छ अनि आमाले खाने दमको औषधी किन्न सन्तानको स्कुल फिस लगायत खर्च टार्न हम्मे हम्मे हुन्छ भन्दा फरक नर्पला त्यसैमा पनि ठग दलाल र ठग मेनपावर का कारण हजारौ गरिब नेपाली दाजु भाईले बिदेश मा दुःख पायको समाचार ब्याप्त छन। यस्तो हुदाहुदै पनि हामि प्रवाशि नेपालि दाजु भाइ दिदी बहिनी हरुले जान अन्जान आफ्नो परिचय लुकाउदैछौ या भुल्दै छौ र भन्छौ हामि एन आर एन ।
हो साचै भन्नेहो भने एन आर एन पनि त्यस्तो काम नलाग्ने संथा चाहि हैन तर उनिहरुको र हाम्रो परीचय फरकछ जो हिजो घरमा खान लगाउन पुग्दा फग्दै या सम्पन्न परिवार का हाम्रा गाँउ घर सहरबजार का धनि ब्यापारी अनि जमिन्दार का सन्तानहरु जस्ले नेपाल जस्तो अबिकसित अशिक्षीत ठाँउ मा बस्न मन पराउदैनथे । उनि हरु लाई बिलाशि आरामदायी जिबन जिउन रहर थियो र अनेक बाहना र अनेक सोस्र र्फोस लगायर उनिहरु यूके, युएसए लगायत बिश्वका धनि मानिने राष्ट्र हरुमा सरर्णाथी बन्न पुगे अर्थात ज्युदो नेपालि आमाको टुहोरो सन्तान बन्न पुगे । र नेपाल र नेपाली को पहिचान बोकेको नेपाली नागरीता र राहदानि च्याथेर काम नलाग्ने गरी फोहोर फ्याक्ने भाडो मा फ्याके । उनै नेपालीहरु र उनका सन्तान एन आर एन भए उनिहरु आफै पनि भन्छन नेपाली मुलका बिदेशी नागरिक हौ हामि । तर खैत हामिले कुरो बुजेको एदा कदा १-२ जना बाहेक कुनै पनी नेपाली नागरिक कतारी भएकोछ ओमानी भएकोछ मलेसीएन भएकोछ यु ए इ को नागरीक भएकोछ नत साउदी को नै भएकोछ । त्यसैले हामि एनआरए होईनउ हामी प्रवाशी हौ ।
हाम्रो आफ्नो परिचय नभुलौ हरीयो राहदानि बोकेर बाध्यताले प्रबास छीरेका हामि प्रबासी लाइ बलि को बोका बनाइदैछ । आफ्नो जनसख्या बढाउन लाइ पनि बास्तबीक एन। आर। एन हरुले १२० दिन बिदेश मा बसेका नागरीक लाइ एनआरएन भनिदै छ । प्रबाशि नेपाली को हक र अधिकार लाइ कुन्ठीत पार्न को लागि नेपाल आमाको काखमा रजाइ गरीरहेका दलाल नेता र भ्रष्ट्राचारी का गुरुहरु ले ६ महिना बिदेश बसेका लाइ एन.आर.एन भन्दै छन अरे । कसैले केही राम्रो उपहार दिदै मा उसैको गुनगान गर्दै हिडने अनि केहि स्वार्थ को लागि हजारौ गैर नेपाली लाई नेपाली नागरिता दीइ बास्तविक नेपाली लाई गैर नेपाली बनाइ रहेका राष्ट्र चालक नेताहरु ।
खबरदार छ हाम्रो तिमिहरु लाइ जसले हामिहरु लाइ जबरजस्ती एनआरएन को बिल्ला लगाइदिदै छौ । होसियार तिन लाइ जुन आफ्नो केहि निस्चित स्वार्थ को लागि प्रयोग गर्दैछन । हम्बर हानेका र साबेल हानेका यि मजदुर का दरिला हातहरु ले कतै भोलि तिमी माथि त आइलाग्ने हैन । त्यसैले हामि लाइ एन आर एन। हैन प्रबासी नेपाली भन्न सिक्नुहोस र भन्नुस पनि ।
The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.