पाणिनि तपोभूमिको प्रचार प्रसार गर्न पाणिनि महोत्सब सुरु

– प्रेमनारायण आचार्य 


   अर्घाखाँची २ जेठ । प्रचार प्रसारको अभाबमा ओझेलमा परेको ऐतिहासिक  धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल पाणिनि तपोभूमिको प्राचार प्रसार गर्न अर्घाखाँचीको पणेनामा धार्मिक पाणिनि महोत्सब सुरु भएको छ । 

 


 

ऐतिहासिक स्थल पाणिनि तपोभूमिको प्रचार प्रसार  गर्न  श्रीमद्भागवत् प्रवचन तथा शिवपुराण अनुष्ठान वत्तिस करोड दिब्य दीप प्रज्ज्वलन सहित पाणिनि महोत्सव तथा राष्ट्रकल्याण महायज्ञ शुरु भएको हो ।  


   हजारौं बर्ष पुरानो इतिहास बोकेको पाणिनि तपोभूमिमा प्राचीन कालमा तक्षशिला बिश्वबिद्यालयका प्राध्यापक भाष वैज्ञानिक महर्षि्र पाणिनि आइ तपस्या गरेको भन्दै आयोजकले यही कारण यस स्थानको महत्व बढी रहेको बताउदै आएका छन । यहाँ पाणिनिले भगवान् शिवको तपस्या गरेको बताइन्छ । त्यसो त पाणिनि तपस्याका लागि उत्तरापथतिर आएको कुरा भारत तथा नेपालका विज्ञहरुले प्रमाणित गरेका छन् । शान्त र मनोरम  स्थान यस पाणिनि तपोभूमिमा आई महर्षि पाणिनिले भगवान् शिवको तपस्या गरेका कारण यस स्थानको महत्व बढी रहेको बुढापाकाहरुको भनाइ छ । पहाडको टुप्पोमा करिव ५ सय रोपनी समथर  भूभागको बीचमा ठूलो पुष्करिणी दह रहेको छ । 

 


 

पाणिनि महोत्सब तथा महायज्ञको नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर २ कि सभासद पुस्पा भुसालले पानसमा दीप प्रज्लित गरेर उद्घाटन गर्नु भएको छ । 


  उद्घाटन पछि मन्तब्य राख्दै कार्यक्रमकि प्रमुख अतिथि काग्रेसकि नेतृ तथा सभासद भुसालले उहाले दलहरुले आफना आपसी असमझदारी विसर्िएर सहमती र सहकार्य गरेमा मात्र जेठ १४ गते संबिधान जारी गर्न सकिने बताउनु भयो । दलहरुको खिचातानीका कारण संबिधानले गति लिन नसकेको नेतृ भुसालको आरोप छ । 


  उहाले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पाणिनि तपोभुमिलाइृ महत्वपुर्ण पर्यटकिय स्थल बनाउन पहल गर्ने बताउनु भयो । उद्घाटन समारोहमा नेपाली काग्रेसका नेता तथा पुर्ब मन्त्री ढुण्डीराज शास्त्री पुबृ मन्त्री मोदनाथ प्रसित एमाओबादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक काग्रेसका जिल्ला सभापति कमलप्साद भुसाल एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे राजमोका गोपाल पौडेल  नेकपा एकिकृतका यमुना भुसाल  राप्रपाका बेदराज घिमिरे ईन्द्रमणि पौडेल देबीबहादुर खड्का लगायतले मन्तबय राख्दै यस पाणिनि तपो भुमिलाई पर्यटकिय स्थल बनाउन सबैले पहल गर्नु पर्ने बताउका छन्  । 

 

     महायज्ञमा प्रमुख वाचिकाका रुपमा बिदुसी  तारा घिमिरे रहेकी छिन । त्यसैगरि स्वामी लोकानन्दले पनि कथा बाचन गनुृ भएको छ ।  उद्घाटन समारोह जिल्ला विकास समिति अर्घाखाँचीका पूर्व सभापति तथा महायज्ञ मुल आयोजक समितिका अध्यक्ष खगेन्द्रराज पाखरेलको सभापतित्व  प्रचार संयोजक बिष्णु पोख्रेलको संचालन  बाबुराम घिमिरेको धन्यबाद र अच्युत गौतमको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

 


 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.