जलस्रोतमा धनी नेपालमा खानेपानी र बिधुतको हाहाकार

-किरण पाण्डे
कक्षा:दश(१०)
न्यु होराइजन उ.मा.बि.,
बुटवल-१३ कलिकानगर
E-mail- bfmkiran@gmail.com
    – kiranbfm@gmail.com

जसरि बर्षायाममा छ्याप्छ्याप्ति च्याउ उम्रन्छन, त्यसरिनै यहा दिनानुदिन गाउहरु सहरमा परिवर्तित हुदैछन। यहाका मान्छे अशिछित छन र त्यहि असिछ्याको भुमरिबाट मुक्त हुने उपायको अभाबमा बाध्य छन सहन प्रदुषित सहरको बातावरण (धुलो, धुवा) अनि अरु कति हो कति समस्याहरु।

हामि नेपाली गर्व गर्दछौ र पछी पर्दैनौ आफ़ुलाई जलस्रोतमा एसियामै सबैभन्दा धनी र विस्वमा ब्राजिलपछिको दोस्रो धनी भन्न तर पनि बाध्य छौ पानीको अभावमा दिनहरु बिताउन। यहा थुप्रै नदिनाला छन , जलका श्रोत त गनेरै सकिन्नन तर पनि अझै धेरैका घरमा पानी नआउने धारा छन, कारण के हो त? मेलम्चिको उदाहरण हामिमाझ  छर्लन्गै छ। केन्द्रमा भएर होला यसको चर्चा धेरै गरिन्छ  तर यस्ता चर्चा देशका कुनाकाप्चामा गरिन्छन। हो, चर्चाको शिखरमा मोफ़सलका योजना त्यति पर्दैनन किनकि मेलम्चि जस्ता  योजना खोल्दै-बन्द हुदै गर्दछन। बुटवलमा पनि पानीको हाहाकार निकै नै छ।

हा झुमसाको पानी ल्याएर बितरण गर्ने कुरा बुटवल छेत्र नं-चार(४) का सभासद बिष्णु पौडेलले आफु जलश्रोत मन्त्रि हुदाबखत पनि भन्का थिए तर उनको कार्यकालपछि कति जनाले सम्हाले जलश्रोत मन्त्रालयको जिम्मेवारि , कसको केहि लागेन।जुन जोगि आएपनि कानै चिरेका यहां वास्तबिकतामा परिणत हुन पुग्यो। दबाब कतैबाट नआएकै हो त? अनि अझै कति समयसम्म सहनुपर्दछ हामि नेपालिले पानीको हाहाकार? उत्तर कहा छ त? हो,
यस्ता प्रश्न यहा गनिनसक्नु छन।  ल अब एकैछिनलाईब यो प्रश्न यहिनेर थांती राखौ।

        हामि नेपालिले बर्षौंदेखि सहंदै र भोग्दै  आएको एउटा अर्को समस्या हो,