– कृष्ण खनाल
बुटवल जेठ २ । लुम्बिनी प्रादेशिक माच नेपालले लुम्बिनी प्रदेशको अविलम्ब घोषणा गर्न सरकारसंग माग गर्दै दवावमूलक कार्यक्रम प्रभावकारी वनाउने उद्देश्यले संगठन विस्तार अभियान अन्तर्गत विभिन्न जिल्लामा इन्चार्ज तोकेको छ ।
माचका अध्यक्ष बालकृष्ण चापागाईको अध्यक्षतामा वसेको सचिवालय बैठकले रुपन्देही इन्चार्जमा बाबुराम चौधरी सह-इन्चार्जमा टंक पराजुली पाल्पा इन्चार्जमा झपेन्द्र जिसी सह- इन्चार्जमा बाबुराम न्यौपाने गुल्मी इन्चार्जमा कमल श्रेष्ठ सह-इन्चार्जमा निलकण्ठ गौतम अर्घाखाँची इन्चार्जमा नरेन्द्रकुमार क्षत्री कपिलवस्तु इन्चार्जमा झविन्द्र पोखरेल सह- इन्चार्जमा बाबुराम खनाल नवलपरासी इन्चार्जमा वृहष्पति अधिकारी सह-इन्चार्जमा परसुराम चौधरी र प्युठान इन्चार्जमा रमेशप्रसाद भण्डारी लाई जिम्मेवारी दिइएको छ । त्यसैगरी लुम्बिनी प्रादेशिक माच नेपालका युवा इन्चार्जमा राजु गुरुङ्ग हुनुहुन्छ ।
यसैवीच प्युठानमा रमेशप्रसाद भण्डारीको अगुवाईमा प्युठान जिल्लालाई लुम्बिनी प्रदेशमा राख्नुपर्छ भन्ने माग गर्दै इमानिसंह भारतीको संयोजकत्वमा एक समिति गठन भएको छ ।
माचले आफ्नो दृष्टिकोण स्पष्ट पार्न अवधारणापत्र प्रस्तुत गर्ने गरी जेठ ३ गते विहान ८ बजे बुटवलको मिडीयाचोकमा सडक पत्रकार सम्मेलन आयोजना गरिएको माचका सचिव कमल गौतमले जानकारी गराउनु भयो ।