इरानमा परमाणु बैज्ञानिकको हत्याका अभियुक्तलाई फाँसी दिईएको छ ।
सन् २०१० मा तेहरान विश्वविद्यालयका भौतिक शास्त्रका प्राध्यापक मसूद अली मोहमम्दी ईरानमा भएको बम बिस्फोटमा मारिएका थिए ।
सोही बमकाण्डका मुख्य योजनाकार मानिएका इजरायली गुप्तचर एजेन्सीका लागि काम गर्दै आएको मानिएका २४ बर्षिय माजिद जमालीलाई फाँसी दिइएको हो ।
बम काण्डपछि पक्राउ परेका उनलाई ईरानको अदालतले दोषी ठहर गर्दै फाँसीको सजायँ सुनाएको थियो ।