लामो मन्थन र अलमलपछि प्रमुख दलहरु मुलुकमा ११ वटा संघीय प्रदेश बनाउन मौखिक सहमति, माओवादी वैद्य पक्षधरद्धारा विरोध-प्रदर्शन

संविधानका विवादित विषयमा सहमति गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले नाम बिनाका ११ प्रदेश बनाउने निर्णय गरेको नेताहरूले बताएका छन्।


उक्त निर्णयप्रति तराई केन्द्रित दलहरुको मोर्चाले चाहीं असहमति जनाएको छ।




संविधानको मुख्य विवादित मुद्दा संघीय प्रदेशको संख्याहरुको टुंगो लगाए पनि तिनको नामांकन र सिमांकनपछि गर्ने मौखिक निर्णय नेताहरुले गरेका छन्।


संघीय प्रदेशको नाम सम्बन्धित प्रदेशको संसदले लगाउनेछ भने पछि गठन गरिने संघीय आयोगले प्रदेशको सीमा निर्धारण गर्ने दलहरूको भनाइ छ।


दलहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीमा सहमति गरेका छन्।

 

त्यसबारे नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भने,