बर्दिवास – महोत्तरी जिल्लाको उत्तरवर्ती प्रमुख व्यापारिक केन्द्र बर्दिवासका व्यापारीले संविधान जारी नभएसम्म साप्ताहिक छुट्टी नमनाउने भएका छन्। यसअघि साताको प्रत्येक मङ्गलबार व्यापारिक प्रतिष्ठान बन्द गरेर छुट्टी मनाउने गरेका व्यापारीले संविधान जारी हुने खुशीमा अब छुट्टी नमनाउने निर्णय गरेका हुन्।
बजार सधैँ खुल्ला राख्दा संविधान निर्माणको बहससँगै चहलपहल बढ्ने र यसअघि लगातार भएको बन्दको घाटाको असर पनि कम हुने व्यापारीको अनुमान छ।
सङ्घको आजै सम्पन्न बृहत् बैठकले संविधान जारी नहुन्जेल अब कुनै बन्द हड्ताल आयोजना नगर्नसमेत सबै पक्षसँग आग्रह गरेको अध्यक्ष राउतले बताए।
बर्दिवास क्षेत्रमा अहिले ठूल्ठूला व्यापारिक प्रतिष्ठान र सबैखाले पसल गरी एक हजारभन्दा बढी पसल सञ्चालनमा रहेको सङ्घले जनाएको छ। रासस