नेटोको सम्मेलनमा अमेरिकाद्धारा पाकिस्तानी राष्ट्रपति जरदारीलाई पनि सहभागी गराउने निर्णय

यो साता अमेरिकामा हुने उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलनमा अमेरिकाले पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीलाई पनि सहभागी गराउने निर्णय गरेको छ ।

 

पाकिस्तानी मार्ग हुँदै अफगानिस्तानमा तैनाथ नेटो सेनाका लागि समान आपूर्ति गर्ने बिषयमा अमेरिका र पाकिस्तानबीच छलफल भइरहेको बेला नेटो सम्मेलनमा भाग लिन पाकिस्तानलाई निम्त्याएको हो । यद्यपी सम्मेलनमा जरदारी जाने नजानेबारे केही बताईएको छैन ।

यता पाकिस्तानमा रहेका अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता भिक्टोरिया न्युल्यान्डले नेटो सेनाका लागि सामान आपूर्ति गर्ने बाटो खुलाउने बिषयमा पाकिस्तान सकारात्मक रहेको बताइन् । गत नोभेम्बरमा नेटो सेनाको आक्रमणमा २४ पाकिस्तानी सेना मारिएपछि अफगानिस्तानस्थित नेटो सेनाका लागि खाद्य र अरु सामग्री लैजान दिँदै आएको बाटोमा पाकिस्तानले रोक लगाएको थियो ।

 

यसप्रति अमेरिकासहित पश्चिमा मुलुकले पाकिस्तानको आलोचना गर्दै नेटो सेनाका लागि खाद्य सामग्री आपूर्ति गर्न बारम्बार आग्रह गरेका थिए ।

 

यसैबारे छलफल गर्न छ महिनापछि न्युल्याण्ड पाकिस्तान पुगेकी हुन् ।