चीन सरकारले गैरकानुनीरुपमा बसोबास गरिरहेका विदेशीलाई देश छाड्न आदेश दिएको छ ।
राजधानी बेइजिङसहितका अरु शहरमा रहेका पर्यटकको भिसा अवधि जाँच गरी कारबाही थालिएकको चीन सरकारले जनाएको छ ।
चीनमा १३ हजारको हाराहारीमा गैरकानुनी रुपमा विदेशी पर्यटक रहेको अनुमान गरिएको छ । चीनमा गैर कानुनी रुपमा बसोवास गर्नेमा सबैभन्दा वढी विद्यार्थी रहेको पनि जनाइएको छ ।
अध्ययन पुरा गरिसकेपछि पनि विदेशी विद्यार्थीले गैरकानुनी रुपमा काम गरिरहेको भन्दै चीन सरकारले उनीहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।