– उमाकान्त पाण्डे गाउले / कृष्ण खनाल
बुटवल जेठ ३ । लुम्बिनी प्रादेशिक मन्च नेपालले बुधवार विहान वुटवलको ट्राफिक चोकमा सडक पत्रकार पत्रकार सम्मेलन गरेको छ ।
यस क्षेत्रको राज्यको नामकरण लुम्विनी प्रदेश हुनुपर्ने माग गर्दै मचले केही दिनयता संगठन विस्तारका साथै विभिन्न गतिविधि गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा माचका संयोजक बालकृष्ण चापागाईले नयाँ संविधान निर्माणको क्रमले तीव्रता लिइरहेको वर्तमान परिवेशमा राज्य पुनस्रंरचना सम्वन्धि ११ प्रदेश वनाउने भन्ने राजनीतिक सहमति भएतापनि प्रदेशको नाम के हुने भन्ने विषयमा टुंगो नभैसकेको अवस्थामा माचको गंभीर ध्यानाकर्षण भएको वताउँदै यस क्षेत्रलाई लुम्विनी प्रदेश घोषणा गर्न जोडदार माग गर्नुभयो । उहाँले लुम्विनी प्रदेश सम्वन्धि अवधारणापत्र पेस गर्दै भगवान गौतमबुद्धको जन्मस्थल लुम्विनीको नाममा प्रदेशको नामकरण गरिए त्यो सवैका लागि मान्य हुने पनि वताउनु भयो ।
संयोजक चापागाईले उत्तरको हिमाली जिल्लादेखि दक्षिणको नेपाल भारत सिमा क्षेत्रसम्मको तराईको भू-भागलाई जोडेर लुम्विनी प्रदेश वनाउन सकिने उल्लेख गर्दै राजनैतिक सामाजिक र आर्थिक हिसावले पनि लुम्विनी प्रदेशको आफ्नै विशिष्ट महत्व रहेको उल्लेख गर्नुभयो ।
माचका संरक्षक तथा पूर्व सांसद देवेन्द्र घिमिरेले गौतमबुद्धको जन्मस्थल लुम्विनी विश्वकै ऐतिहासिक र पहिचान बॊकेको क्षेत्र हो भन्दै सवै जातजाति भाषाभाषी र विभिन्न समुदायका लागि लुम्विनी साझा र सर्वस्वीकार्य नाम हो त्यसैले यसकै आधारमा बृहत लुम्विनी प्रदेश घोषणा गर्नुपर्छ भन्नुभयो ।
माचका सचिव कमल गौतमले लुम्विनी प्रादेशिक माचको स्थापना र औचित्य वारे प्रकाश पार्दै लुम्विनी प्रदेशको अविलम्व घोषणा गर्न सरकारसंग जोडदार माग गर्नुभयो । सरकारले लुम्विनी प्रदेश घोषणा नगर्दासम्म माचले संघर्षका विभिन्न कार्यक्रमहरु जारी राख्ने वताउनु भयो ।
मचका सदस्य तिलक आचार्यले लुम्विनी विश्व सम्पदा सूचिमा रहेको महत्वपूर्ण क्षेत्र हो भन्दै विश्वमै चिरपरिचित पवित्र र सवैको साझा भूमिको रुपमा रहेको लुम्विनीको नामवाट लुम्विनी प्रदेश घोषणा गर्नुपर्ने माग गर्नुभयो ।
लुम्विनी प्रदेशमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं भन्ने मूल नाराका साथ आयोजित पत्रकार सम्मेलनका अवसरमा जेठ ५ गते साँझ ५ बजे वुटवलको पुष्पलाल पार्कवाट र् याली सुरु भई मिडियाचोकमा जनसभा गरिने जानकारी गराउँदै सो जनसभामा सवैलाई उपस्थितिका लागि मन्चले हार्दिक आह्वान समेत गरेको छ ।