क्षेत्री, ब्राह्मण लगायत ११ संस्थाको नेपाल बन्दले जनजीवन प्रभावित


 

काठमाडौँ – क्षत्री, ब्राह्मण लगायत ११ संस्थाले गरेको नेपाल बन्दको पहिलो दिन काठमाडौँको जनजीवन प्रभावित भएको छ। बन्दकर्ताहरुको उपस्थिति केही चोकहरुमा मात्र भए पनि सार्वजनिक सवारी साधनको सडकमा देखिएको छैन। केही मोटरसाइकल र ट्याक्सी पनि चलेका देखिन्छन्। नागरिकको सुन्धारास्थित कार्यालयदेखि आरएनएसी, न्युरोड, जमल, दरबारमार्ग हुँदै पुतलिसडक र भृकुटीमण्डप हुँदै सहिदगेटबाट सुन्धारातर्फ स्थलगत अवलोकन गरेका नागरिकन्युजकर्मीले पुतलिसडक चोकमा मात्रै बन्दकर्ताहरु देखे।

पुतलिसडकमा बन्दकर्ताहरुले नागरिकन्युजकर्मीलाई सूचना विभागको प्रेस कार्ड देखाउन भनेका थिए। पुतलिसडकबाहेक माथि उल्लेखित कुनै ठाउँमा पनि बन्दकर्ताको उपस्थिति थिएन र निजी मोटरसाइकल र केही भाडाका कार प्रशस्त चलेका देखिए।

-नागरिक