एमालेलाई परराष्ट्र, उर्जा, कृषि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । नेकपा (एमाले) ले वर्तमान सरकारमा पाउने मन्त्रालयको टुङ्गो लागेको छ। आज साँझ प्रमुख तीन दल र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाका बैठकले एमालले पाउने मन्त्रालयमा सहमति गरेको हो।

बैठकपछि एमालेका अध्यक्ष झलनाथ खनालले दिएको जानकारी अनुसार एमालेले परराष्ट्र, उर्जा, कृषि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने सहमति भएको हो। तर अन्य पार्टीहरुले पाउने मन्त्रालयका बारेमा सहमति हुन बाँकी रहेको छ।


एमालेका तर्फबाट हालसम्म उपप्रधानमन्त्रीमा ईश्वर पोखरेल र मन्त्रीमा राधा ज्ञवाली नियुक्त भएका छन्। रासस