अर्घाखाँचीका विद्यालय शान्ति क्षेत्र घोषणा, बन्दको बेला पनि विद्यालय खुल्ने


अर्घाखाँचीको केरुंगामा रहेको शारदा मावी। तस्बिर: सन्तोष पाण्डे

 

– गणेश खनाल


अर्घाखॉची जेठ ५ गते । अर्घाखॉचीका विद्यालयहरुलाई शान्ति क्षेत्र घोषणा गरिएको छ । बन्द हड्तालले विद्यार्थीको पढाईलाई प्रभावित पारेको भन्दै जिल्लाका सरोकारवालाहरु यस्तो निर्णय गरेका हुन् ।

जिल्ला शिक्षा कार्यालय अर्घाखॉची र प्याप्सन अर्घाखॉचीले आयोजना गरेको बन्द र विद्यालयको भविश्य विषयक अन्तरक्रियामा सहभागी भएका राजनिती दल प्रमुख, विभिन्न सघ सस्थाका प्रमुख पत्रकार, नागरिक समाज सरोवालाहरु यस्तो सहमति गरेका हुन् ।

आन्दोलनका सफल पार्नका लागीं बन्द नै रोज्ने आन्दोलनकारी परम्पराले भविश्यका कडादार विद्यार्थीहरुको भविश्य अन्धकार तर्फ धकेलिएको भन्दै सदाका लागी विद्यालय शान्ति क्षेत्र र बन्दको बेला पनि खोल्न पाउने कसैले अवरुध गर्ने सहमति भएको हो ।

अन्तरक्रियामा कसरी विद्यालयको पढाई सञ्चालन गर्न सकिन्छ भनेर जिल्लाका सरोकारवालाई बोलाईएको र कार्यक्रममा निर्कष समेत निकाली हस्ताक्षण गरेकाले आफुहरु खुसी भएको त्यासन अर्घाखॉचीका अध्यक्ष्ँ चन्द्रमणी पाण्डे बताउनुभयो ।

सम्बन्धित निकायले ल्याएको प्रस्ताव सकारात्मक थियो,त्यसैले हामीले समर्थन गर्‍यो नेपाली काग्रेसका जिल्ला सभापति कमल भुसालले भन्नुभयो । जिल्लालाई शैक्षिक क्षेत्रलाई नभई जिल्लालाई नै बन्द मुत्त गर्नु पर्ने माओवादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार विकको भनाई छ ।

यो निर्णयले हामीलाई थप उर्जा दिएको छ, अव जिल्लालाई नै बन्द मुत्त गराउनका लागी आफुहरुले पहल गर्ने एमालेका नेता प्रेमनारायण गैरेले बताउनुभयो ।

बन्द, हाम हड्तालका बेला विद्यालयको पठन पाठन थप्प हुदॉ निर्धारित समयमा कोर्ष पुरा नहुने जस्त विविध समस्या थिए, अव यसबाट मुत्त भयो, जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले भन्नुभयो ।  यस्तै विभिन्न संघ सस्थाले गरेको बन्दमा पनि विद्यालयहरु खुलेका छन् । जिल्लाका सरोकारवालाको यो निर्णयले अभिभावक र विद्यार्थी हौसिएका छन् ।  

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.